सूर्य फाउण्डेशनद्वारा गाउँ सर सफाई साथै सचेतना रैली

IMG-20231001-WA0258.jpg

खरसाङ: खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत सूर्य फाण्डेसन बाघमारा बस्ती तथा स्थानीय स्वनिर्भर समूह क्रमैले मन्यता स्वनिर्भर समूह, जागृति स्वनिर्भर समूह, जमियाग स्वनिर्भर तुलसी स्वनिर्भर समूहक संयुक्त आयोजनामा स्थानीय क्षेत्रमा सर सफाई गरिएको छ। यसको साथै यय विषयमा जनचेतनाको निम्ति एक रैली स्थानीय पिपल डाँडादेखि गुम्बा परिसर हुँदै शिशु शिक्षा केन्द्रको प्रांगणमा आएर पथ सभामा परिणत भएको थियो। उक्त पथ सभालाई सञ्चालन सूर्य फाण्डेसनका प्रशिक्षक योगेन्द्र छेत्रीले गरेका थिए। उक्त सभामा जागृति स्वनिर्भर समूहका सचिव सरस्वती प्रधान अनि जामियाग स्वनिर्भर समूहका सचिव अन्जिला तामाङले स्वच्छता विषयमा आफ्नो भनाईहरू राखेको थियो।

अन्त्यमा योगेन्द्र छेत्रीले आगामी दिनहरूमा पनि यस्तो कार्यक्रम सामूहिक रूपमा पालन गरिने अपिल गर्दै रैली ओयोजना गर्नको निम्ति विशेष रूपमा सहयोग गरिदिने स्वनिर्भर समूहका सदस्याहरू, भीसीडीका सदस्या मलती तामाङ साथै स्वच्छता कार्यक्रममा जनभेला सबैलाई धन्यवाद दिन्दै पथ सभा बर्खास्थ गरिएको जनाइएको छ।

About Author

Advertisement