स्मृति, जेमिमा र दीप्तिको बेस प्राइस ५० हजार पाउण्ड

IMG-20240306-WA0124.jpg

लण्डन: भारतीय महिला क्रिकेट टीमकी उपकप्तान स्मृति मन्धना, ब्याटर जेमिमा रोड्रिग्स र अलराउण्डर दीप्ति शर्मालाई आउँदो द हण्ड्रेड ड्राफ्टमा विदेशी क्रिकेटरहरूका निम्ति शीर्ष बेस प्राइस (आधार मूल्य) वर्गमा राखिएको छ। भारतकी यी तीनजना खेलाड़ीको साथमा अष्ट्रेलियाकी अलराउण्डर एश्ले गार्डनर ती चार विदेशी खेलाड़ीहरूमा सामेल छिन्, जसको बेस प्राइस ५० हजार पाउण्ड (लगभग ५२ लाख रुपियाँ) रहेको छ। भारतकी जम्मा १५ जना खेलाड़ीले आउँदो द हण्ड्रेड ड्राफ्टको निम्ति पञ्जीकरण गराएकी छन् अनि लिलामी २० मार्चमा लण्डनमा हुनेछ। पेस बलर रेणुका ठाकुरकी बेस प्राइस ३० हजार पाउण्ड (लगभग ३२ लाख रुपियाँ) रहेको छ जबकि रिचा घोष र श्रेयंका पाटिलकी बेस प्राइस १७ हजार ५ सय पाउण्ड (लगभग १८ लाख रुपियाँ) रहेको छ। ड्राफ्टमा राधा यादव, स्नेह राणा, किरण नवगिरे, यास्तिका भाटिया, शिखा पाण्डे र वेदा कृष्णमूर्ति पनि सामेल छिन्। यो द हण्ड्रेड महिला क्रिकेट टुर्नामेण्टको चौथो संस्करण हुनेछ, जुन २३ जुलाईदेखि शुरु हुनेछ। पहिलो म्याच ओवल इन्भिन्सिबल र बर्मिंघम फीनिक्सबीच खेलिनेछ। द हण्ड्रेड टुर्नामेण्टको प्रत्येक म्याचको प्रत्येक ईनिंग्स १०० बलको हुन्छ। टुर्नामेण्टमा ईंग्ल्याण्ड र वेल्सको जम्मा आठवटा टीमले हिस्सा लिन्छ। टुर्नामेण्टको निम्ति १२७ जना अन्तर्राष्ट्रिय र १२२ जना घरेलु खेलाड़ीहरूले आफ्नो नाम पञ्जीकरण गराएकी छन्। प्रत्येक टीमले न्यूनतम १३ खेलाड़ीहरूका टीम चयन गर्नु पर्छ। मन्धनाले गत सीजनमा सदर्न ब्रेव-को प्रतिनिधित्व गरेकी थिइन् जबकि जेमिमा नर्दर्न सुपरचार्जर्सबाट खेलेकी थिइन्। यसरी दीप्ति र रिचा लण्डन स्पिरिट टीममा रहेकी थिइन्।

About Author

Advertisement