गजुरी बस दुर्घटना अपडेट: एक महिलासहित ७ जनाको मृत्यु

bus

काठमाडौं: कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-५, घाटबेँसीमा त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बिहान पौने पाँच बजे नदीमा खसेको थियो। बसमा ५१ जनाभन्दा बढी यात्रु सवार थिए। उनीहरुमध्ये ७ जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ३७ जनाको उद्धार गरिएको छ भने अझै खोजी कार्य चलिरहेको छ। उद्धार गरिएकामध्ये ३० जनाभन्दा बढी घाइते छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइदैछ। घटनास्थलमा नेपाल पुलिस, सशस्त्र पुलिस बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्। बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ। दुर्घटनामा सामान्य घाइते चालक भने पुलिसको नियन्त्रणमा छन्।

About Author

Advertisement