पहिला यहाँ कार्यरत् १७ जना कर्मचारीहरूलाई सही ठाउँमा मिलाउनुपर्ने माग
खरसाङ: खरसाङको रोहिणी टोल प्लाजा पुन: सञ्चालनमा आएको छ। टोल सञ्चालन समितिका प्रतिनिधिहरुले आज एक भिडियो जारी गरेर उक्त टोल प्लाजामा रोहिणी क्षेत्रका १७ जना कर्मचारीहरूले काम गर्दै आइरहेका छन्। प्लाजा बन्द गरे ती कर्मचारीहरूको जिम्मेवारी कसले लिने भन्दै उनीहरूका निम्ति पहिले कुनै अन्य ठाउँमा व्यवस्था मिलाउनु पर्ने अनि मात्र प्लाजा विषयमा कार्यन्वयन गर्न सम्भव हुने बताएका छन्। रोहिणी क्षेत्रका स्थानीय युवाहरु भेला भएर भनेका छन् कि रोहिणी क्षेत्र शान्ता स्थान हो र यहाँ आएर कसैले पनि अशान्ति नगरिदिने अनुरोध गरेका छन्। यसको साथै यहाँ कुनै पनि राजनैतिक दलको झण्डा लगाउने कार्य नगरिदिने अनुरोध गर्दै आज एउटा पार्टीले लगायो भोलि अर्को पार्टीले लगाउला। यो झण्डाको राजनीति नगरेर शान्तिमय परिवेशलाई झण्डाको राजनीति नगरिदिने अनुरोध गरेका छन्।
उल्लेखनीय छ, आज बिहान गोरामुमोले रोहिणी रोडमा रहेको टोल प्लाजामा गोरामुमोको झण्डा लगाएर गाडीहरुलाई टोलबिना नै जान दिनु पर्ने भन्दै टोल प्लाजा बन्द गरेका थिए। तर त्यसको केही समयपछि रोहिणी क्षेत्रका युवाहरु आएर पुन: टोल प्लाजा सञ्चालनमा ल्याएका छन्।








