असम: ‎९ मई असम भ्रमणमा आउनेछन् केन्द्रीय मन्त्री जेपी नड्डा, नयाँ सरकार गठनको तयारी तीव्र

JP-Nadda-1

‎‎‎गुवाहाटी: भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष तथा केन्द्रीय मन्त्री जेपी नड्डा आगामी ९ मईमा असम भ्रमणमा आउँदैछन्। राज्यमा नयाँ सरकार गठनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ।‎पार्टीका विश्वसनीय स्रोतका अनुसार भारतीय जनता पार्टी विधायक दलको बैठक आगामी १० मईमा आयोजना हुनेछ। सोही बैठकमा विधायक दलका नेताको चयन गरिन सक्ने बताइएको छ। साथै आगामी १२ मईमा नयाँ सरकारको शपथ ग्रहण समारोह आयोजना हुने सम्भावना व्यक्त गरिएको छ।‎गुवाहाटीको खानापाडा स्थित पशु चिकित्सा महाविद्यालयको खेल मैदानमा भव्य शपथ ग्रहण समारोहको तयारी भइरहेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित रहने सम्भावना पनि रहेको छ।‎शपथ ग्रहण समारोहलाई लिएर सुरक्षा व्यवस्था तथा तयारीहरूको जायजा लिन प्रहरी महानिर्देशक हरमित सिंहले कार्यक्रम स्थलको निरीक्षण गरेका छन्। साथै मुख्य सचिव डा. रवि कोटाले पनि कार्यक्रम स्थलको भ्रमण गरी तयारीहरूको समीक्षा गरेका छन्।

About Author

Advertisement