सोलुखुम्बुको बाढीमा बेपत्ता भएका शेर्पा भेटिए

IMG-20240819-WA0092

झापा: नेपाल :सोलुखुम्बुको थामे बाढीमा बेपत्ता भनिएका पुरुष सम्पर्कमा आएका छन्।
५५ वर्षीय नुरु टुडु शेर्पा अगस्त १६ मा हिमताल फुटेर बाढी आउँदा बेपत्ता भएका थिए। शेर्पा रविबार थामेको माथिल्लो गाउँमा फेला परेका हुन्। सोलुखुम्बुका प्रहरी डिएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार गाउँलेले खबर गरेअनुसार थामेको माथिल्लो गाउँमा फेला परेका हुन्।
‘सुरुमा गाउँलेले नै बेपत्ता भनेका हुन्,’ डिएसपी घिमिरेले भने, ‘अहिले पनि गाउँलेले नै भटियो भनेका हुन्।’ अगस्त १६मा हिमताल फुटेर आएको बाढीका कारण यस क्षेत्रमा भौतिक क्षति भएको थियो।

About Author

Advertisement