ईंग्लिश प्रीमियर लीगः जीतको साथ सीजनको शुरुवात गऱ्यो म्यानचेष्टर सिटीले

IMG-20240819-WA0184

लण्डन: ईंग्लिश प्रीमियर लीगमा वर्तमान च्याम्पियन म्यानचेष्टर सिटीले जीतको साथ नयाँ सीजनको शुरुवात गऱ्यो। म्यानचेष्टर सिटीले आइतवार राति खेलिएको म्याचमा चेल्सीलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा चेल्सीले प्राप्त भएको मौकाहरूलाई सदुपयोग गर्न सकेन। यसरी म्याचमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट एर्लिंग हालाण्डले पहिलो गोल गरे। नर्वेका यस युवा फरवर्डले १८औं मिनटमा गोल गरे। त्यसपछि मातेओ कोवासिचले ८४औं मिनटमा अझ एक गोल गरी म्यानचेष्टर सिटीलाई जीत दिलाए। म्याचमा जीत हासिल गरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डियोलालाई निक्कै खुशी देखियो। यसरी अन्य एउटा म्याचमा ब्रेण्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ब्रायन एम्ब्यूमो र योआने विस्साले गोल गरे।

About Author

Advertisement