सोरेङ जिल्लाको विभिन्न स्थानमा नियुक्ति पत्र प्रदान

IMG-20240309-WA0208.jpg

सोरेङ: युवा भरोसा सम्मेलन अन्तर्गत आज सोरेङ जिल्लाको विभिन्न स्थानमा नियुक्ति पत्र वितरण गरियो। यस अवसरमा मन्त्री एमएन शेर्पा, विधायक सुनिता गजमेर, विधायक अदित्य गोले, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सोरेङ जिल्लाको रूरवन कम्पलेक्समा नोडल अधिकारी बसन्त कुमार लामाको नेतृत्वमा चुम्बुङको खण्ड प्रशासनिक केन्द्रमा वितरण गरियो भने यसरी नै कलुक खण्ड प्रशासनिक केन्द्रमा नोडल अधिकारी रिम्प दोर्जीको नेतृत्वमा नियुक्ति पत्र प्रदान गरियो। सोही प्रकारले दरमदिन खण्ड प्रशासनिक केन्द्रमा नोडल अधिकारी नविन कुमार गुरूङले र जोरथाको सामुदायिक भवनमा नोडल अधिकारी गेरे छोपेल भोटियाको वाहुलीबाट वितरण गरियो।

About Author

Advertisement