युवा भरोसा सम्मेलन अन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा नियुक्ति पत्र प्रदान

IMG-20240309-WA0210.jpg

गान्तोक: सिक्किम सरकारको कार्मिक विभागको तत्वावधानमा दोस्रो चरणको युवा भरोसा सम्मेलन दरामदिन समष्टिका खण्ड विकास कार्यालयमा आज सम्पन्न भयो। दोस्रो चरणको युवा भरोसा सम्मेलनमा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा उपस्थिति थियो साथै उनको साथमा डीओपी विभागका अधिकारीगण, जिल्ला- ग्राम पञ्चायतका सदस्य-सदस्यीयगण सत्तारूढ एसकेएम पार्टीका पदाधिकारीगण उपस्थिति थिए।

स्मरण रहोस्, कार्मिक विभाग सिक्किम सरकारको तत्वावधानमा रम्फू खेल मैदानमा युवा भरोसा सम्मेलन सम्पन्न भएको थियो। आज दोस्रो चरणको युवा भरोसा सम्मेलन दरामदिन समष्टिका लगभग 300 जना युवा युवतीहरूलाई क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले नोकरीको नियुक्ति पत्र प्रदान गरे। दोस्रो चरणको युवा भरोसा सम्मेलन दरामदिन समष्टिका युवा-युवतीहरुलाई सरकारी नोकरीमा नियुक्ति हुने सम्पूर्ण युवा युवतीहरूलाई शुभकामना दिॅंदै सुनौलो समृद्धि सिक्किम निर्माण गर्न नयाँ ऊर्जाको साथ काम गरिदिने मन्त्रीले आग्रह गरे। कति जनाको नाम छुट्टिएमा निरास नभइदिन आह्वान गर्दै आज नै कार्मिक विभागका अधिकारीलाई कागज पत्र बुझाइदिने आग्रह गरे।

यसरी नै मंगन जिल्लाको जङ्गु निर्वाचन क्षेत्रमा युवा भरोसा सम्मेलन अन्तर्गत एक कार्यक्रम जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त कार्यक्रममा जङ्गु निर्वाचन क्षेत्रका ४३० भन्दा अधिकलाई नियुक्ति पत्र प्रदान गरियो। कार्यक्रममा क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चा, अतिरिक्त सचिव लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सोही प्रकारले लाचेन मंगन निर्वाचन क्षेत्रमा पनि युवा भरोसा सम्मेलन अन्तर्गत 3 सय भन्दा अधिकलाई नियुक्ति पत्र प्रदान गरियो। यसरी नै कावि लुङचोक निर्वाचन क्षेत्रमा १३९ जनालाई नियुक्ति पत्र प्रदान गरिएको जानकारी गराइएको छ। यसै क्रममा पाकिम जिल्लामा पनि युवा भरोसा सम्मेलन अन्तर्गत विभिन्न खण्ड प्रशासनिक केन्द्रमा नियुक्ति पत्र वितरण गरियो। यस अवसरमा विशेष गरेर पारखा, रिनाक, रेगु, डुगा अनि नाम्चेबुङ खण्ड प्रशासनिक केन्द्रबाट नियुक्ति पत्र प्रदान गरियो।

About Author

Advertisement