सोरेङमा चितुवाको रगरगी

IMG-20230527-WA0310.jpg

सोरेङ। सोरेङ जिल्लाको विभिन्न ठाउँमा वन्यजन्तु चितुवाको आतंक जारी छ। चितुवाले गाउँलेहरुको पाल्तु पशु मारेर धेरै नै नोक्सानी पुर्‍याइरहेको गुनासो पटकपटक आइरहेको छ। शुक्रबार बेलुकी अप्पर टिम्बुरबुङस्थित सनसारी वार्ड नम्बर एक निवासी झरेन्द्र दर्जीको चितुवाले एउटा बाख्रा मारिदिएको रिपोर्ट प्राप्त भएको छ। बितेको केही दिन भित्रमा चितुवाको रगरगी बढेको छ भने यो हप्ताभित्र सोरेङ जिल्लाको कर्थोकमा एउटा बाख्रा र टिम्बुरबुङमा एउटा गाईको बाछा चितुवाले मारिसकेका छन्। फेरि हिजो बेलुकी मात्रै टिम्बुरबुङको समसारी वार्डमा चितुवाले बाख्रा मारेका छन्। अहिले आम गाउँलेहरुलाई जङ्गमा घाँस-दौराको लागि निस्किनु र विद्यार्थीहरुलाई स्कुल पठाउनु पनि एकपल्ट सोच्नुपर्ने अवस्था आइसकेको भनाई गाउँलेहरुको छ। अर्कोतिर वन्यजन्तुको आतंकबाट गाउँहरुलाई बचाउन सम्बन्धित वन विभाग र प्रशासनले ठोस पहल उठाइदिने पनि गाउँलेहरु अपिल गरेका छन्।
स्मरण रहोस्, पश्चिम सिक्किमको विभिन्न ठाउँमा बितेको केही वर्षमा वन्यजन्तु भालुले मान्छेमाथि आक्रमण गरेको धेरै घटनासँगै चितुवाले पाल्तु पशु मारेको अनि बदेल, बाँदर र दुम्सीले गाउँलेको व्यापक खेतीपाती नोक्सान गरेको रिपोर्ट प्रकाशमा आइरहेको छ।

About Author

Advertisement