फिल्म ‘बहाव’ले गर्यो थाइल्याण्ड भ्रमण अफरको विजेताको नाम घोषणा

00-1-Bahaab-1

टीआरआई समाचार

काठमाडौं: फिल्म ‘बहाव’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पा घर भई हाल बुटवलमा बस्ने विद्या न्यौपाने भएकी छन्। यो फिल्म गत ६ अप्रेलमा रिलिज भएको थियो। राजधानीमा शुक्रबार एक कार्यक्रमबीच फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन्। विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरुप पाएकी छन्।
यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव फिल्मको टिकट खल्ती एप मार्फत काट्नुपर्ने र खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरेको थियो।

एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले ‘वहाब’को प्रमोसनमा जोडिन र अहिले विजेता घोषणा गर्न पाउँदा खुशी लागेको बताइन्। फिल्मले विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाएको छ। विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछन्।
श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ। फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाललगायतका कलाकारको अभिनय थियो।

विजेताले पालना गर्नुपर्ने केही नियम र शर्त
विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ। यो टुर प्याकेज घोषणा भएको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ। यो प्याकेज अरूलाई दिन योग्य हुने छैन। तर विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ। थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेता स्वयंको हुनेछ। भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले व्यहोर्नु पर्ने छ।
यस्तै, फिल्म निर्माण टिमले कफी डेटको विजेता पनि घोषणा गरेको छ। ‘बहाव’को डिजिटल टिकेटिङ पाटर्नर रहेको खल्तीले कालीमाटी रहेको वान सिनेमाजमा आयोजना गरेको स्पेशल शोबाट यो कफी डेटको अप्सरा जैसी विजेता बनेकी हुन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग लाजिम्पाटमा रहेको कफी एस्केपमा भेट गरेर कफी खाने अवसर प्राप्त गरेकी छन्।

About Author

Advertisement