२ नोभेम्बरः युनाइटेड क्लब सोरेंग (सोरेंग बस्ती)-को तत्त्वावधानमा आउँदो १८ नोभेम्बरदेखि सोरेंग प्रीमियर फूटबल टुर्नामेण्ट (सीजन ३) – को आयोजन गरिनेछ। जीटीए-को प्रायोजनमा हुने यस सेभेन ए साइड यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक युनाइटेड क्लब सोरेंगको पक्षमा अरुण योञ्जनले बताएअनुसार, टुर्नामेण्टमा आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूले जतिसक्दो चाँड़ो आफ्नो टीमको नाम पञ्जीकरण गराउनु पर्नेछ कारण सीमित सङ्ख्यामा मात्र टीमहरूलाई प्रवेश दिइनेछ। सबै म्याचहरू सोरेंग खेल मैदानमा हुनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क केवल ५१०० रुपियाँ तोकिएको छ।








