उत्तर कोरियाले गर्‍यो दशवटा मिसाइल प्रहार

missile-copy-1

दक्षिण कोरियाको सेनाले बुधबार बिहान उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको जनाएको छ। पहिलो पटक यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ। यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो। दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ। शीर्ष दक्षिण कोरियाली अधिकारी केंग शिन-चुलले उत्तर कोरियाबाट प्रहार गरिएको क्षेप्यास्त्र ‘अत्यन्तै अनौठो र अस्वीकार्य’ भएको बताएका छन्, किनभने यो दक्षिण कोरियाको सीमा नजिकै खसेको थियो।

उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गर्नुअघि दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो। दक्षिण कोरियाका राष्ट्रपति युन सुक-युलले उत्तर कोरियाको आक्रामकताको छिट्टै जवाफ दिइने बताएका छन्। उनले यो पनि भनेका छन्, ‘जब आफ्नो देश सियोलमा ह्यालोविनको समयमा धेरै युवाहरूको मृत्युबाट गहिरो दुखित छ, तब यस्तो कदमले उत्तर कोरियाको वास्तविक प्रकृति देखाउँछl’ उनले दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध तोड्ने कुनै पनि प्रयास सफल नहुने बताए।

About Author

Advertisement