सोनादा: सभासद अनोश थापाद्वारा ३३ जना आशाकर्मीहरुलाई तीनवटा यन्त्रहरु प्रदान

IMG-20221203-WA0248.jpg

चुनाउ अघि गरेको वाचा पूरा गर्दै सोनादा-पचेङ समष्टिका सभासद अनोश थापाले समष्टिका ३३ जना आशाकर्मीहरुलाई बीपी मशीनसँगै स्पाइजीगोमोनोमिटर अनि थर्मोमिटर पनि प्रदान गरे। यहाँको स्कट मिशन पाठशालाको प्रेक्षागृहमा आयोजित कार्यक्रमबीच सभासद थापाले आशाकर्मीहरुलाई रक्तचाप नाप्ने यन्त्रसँगै अन्य दुइवटा यन्त्रहरु प्रदान गरेका हुन्। समाजसेवी प्रदिप छेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा विशेषगरी आशाकर्मीहरुलाई सम्बोधन गर्ने क्रममा सभासद अनोश थापाले वर्तमानमा आशाकर्मीहरुले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा तथा योगदानको सराहना गर्दै जीटीएको पक्षबाट आधिकारिक कार्य चलिरहेको बताए। यसबाहेक उनले समष्टिका विभिन्न गाउँहरुका लागि विभागीय तौरबाट पारित भइसकेका विभिन्न कार्यहरूबारे पनि जानकारी दिए। आशाकर्मीहरुको पक्षबाट अोम राईले सभासद थापाको प्रशंसा गर्दै सहयोगका लागि कृतज्ञता प्रकट गरिन्। समष्टि महासचिव सुकदेव राईद्वारा सञ्चालित कार्यक्रमलाई समष्टि अध्यक्ष सोनाम लामा अनि सभाध्यक्ष प्रदिप छेत्रीले पनि सम्बोधन गरे। कार्यक्रममा समष्टिका सम्पूर्ण प्रतिनिधिहरु उपस्थित थिए।

About Author

Advertisement