गोरूबथान: पहाड भरिमा ३५ वटा मोडल प्राथमिक पाठशाला निर्माण हुने घोषणा

IMG-20221203-WA0172.jpg

गोरूबथानमा पहाड, तराई प्राथमिक शिक्षक संगठन, केन्द्रीय समितिको छैठौं स्थापना दिवस सम्पन्न भयो। यस कार्यक्रममा जिटिए चिफ मुख्य अतिथीको रुपमा उपस्थित थिए। जीटीएले कालेबुङमा १०, दार्जिलिङमा १०, खरसाङमा १० अनि मिरिकमा ५ वटा मोडल प्राथमिक पाठशाला बनाउने घोषणा आज उनले यहीँबाट गरे। आफ्नो सम्वोधनमा थापाले भने कि पहाडको शिक्षा व्यवस्थामा ८६ देखि नै रोग लागेको हो। पहाडलाई रोगी बनाउने तपाईं हामी नै हौ। पहाडको प्राथमिक पाठशालाको अवस्था चिन्ताजनक छ। त्यसैले उनले शिक्षकहरूलाई आह्वान गर्दै भने कि शिक्षकको प्राथमिक कार्य नेता गिरी होइन पाठशाला गएर विद्यार्थी पढाउने हुनु पर्छ। उनले बी जी पि एम को राजनैतिक यात्रा माथि बोल्दै भने, “हामी सत्तामा आउनु चमत्कार हो। मेरो ध्येय पहाडमा व्यवहारिक राजनीति गर्नु थियो अनि यही संस्कार स्थापना गर्ने प्रयासमा छु।”

About Author

Advertisement