सोनादा डिग्री कलेजको समस्यालाई लिएर सोनादा वेलफेयर सोसाइटीद्वारा प्राचार्यसित भेट

IMG-20220808-WA0218.jpg

सोनादा: सोनादा डिग्री कलेजलाई युजीसीबाट नोटिस आएको सन्दर्भमा सामाजिक सञ्जालमा देखिएको विभिन्न विषयहरूलाई लिएर अाज सोनादा वेलफेयर सोसाइटीको सदस्यहरूले सोनादा डिग्री कलेज पुगेर सही कुरा बुझ्ने प्रयास गरेका छन्। सोनादा वेलफेयर सोसाइटीको सदस्यहरूले कलेजको प्राचार्य एलपी गुप्तासित भेटेर कलेजको विषयमा चर्चा परिचर्चा गर्दै युजीसीबाट आएको नोटिस विषयमा जानकारी संकलन गरेका छन्। सोनादा वेलफेयर सोसाइटीको सदस्यहरू क्रमैले महेन्द्र प्रधान, उदय सुब्बा, रमेश छेत्री, सञ्जीव प्रधान, धिरेन तामाङ, रबि राई आदि उपस्थित रहेका थिए। सोनादा वेलफेयर सोसाइटीले कलेजको प्राचार्यसित भेट गरी कलेजको समस्या चाढ़ै समाधान हुनुपर्छ कारण सोनादा डिग्री कलेजको मान्यता रध्द गरिए स्थानीयहरू नानीहरूलाई धेरै असुविधा हुने तथा स्थानीयहरूलाई शिक्षा क्षेत्रमा ठूलो धक्का पुग्न सक्ने साथै सोनादा डिग्री कलेज यस क्षेत्रको लागि शैक्षिक सम्पत्ति नै हो भन्दै यस कलेजको सबै समस्याहरू जतिसक्दो छिट्टै समाधान हुनुपर्छ भनी प्राचार्य समक्ष कुरा राखेका छन्। यसको साथै कलेजले गर्नु पर्ने सबै कार्यहरू र सम्पूर्ण कागज पत्रको कार्य झट्टै गरिनु पर्ने कुरा राखेका छन्। सोनादा वेलफेयर सोसाइटीको कुरालाई मानिलिन्दै सोनादा डिग्री कलेजका प्राचार्य एलपी गुप्ताले कलेजको सम्पूर्ण समस्याहरू यसै महिना अगस्तभित्र नै समाधान गरिने र यसको लागि आवश्यक कागज पत्रहरू पनि बुझाउने आश्वासन दिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement