लाखौं रूपियाँको विदेशी मदिराको साथ एक पक्राउ

IMG_20220808_191128.jpg

सिलगढ़ी: प्रधान नगर थाना पुलिसले प्राप्त सूचनाको आधारमा अभियान चलाएर लाखौं रूपियाँको विदेशी मदिराको साथ एक बिहार निवासी सुरज कुमार नामक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रधान नगर थाना पुलिसले जानकारी गराए अनुसार, सुरज कुमारलाई सिलगढ़ी जंक्शन बिहार बस स्ट्याण्डमा संदिग्ध स्थितिमा एउटा ब्यागको साथ देखिएको सूचना प्राप्त भयो। शंकाको आधारमा जब सूरजको तलाशी लिइयो तब व्यक्तिदेखि लाखौं रूपियाँको विदेशी मदिराको बोतलहरू उद्धार भयो। सोधपुछमा सूरजले बतायो, उसले मदिरा बिहार लगिरहेको थियो। जसपछि पुलिसले उसलाई मदिरा तस्करी गरेको आरोपमा पक्राउ गऱ्यो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

Advertisement