सोनादा: सोनादा बजारदेखि केही पर राष्ट्रिय राजमार्ग ११० मा रहेको दम दम ट्राफिक बुथ क्षेत्रमा शनिवार बिहान माजदा ट्रक दुर्घटनाग्रस्त बनेको छ। उक्त क्षेत्रमा दुर्घटनाग्रस्त ट्रक सडकबाट लगभग १०० मिटर तल झरेको छ। उक्त दुर्घटनामा चालकलाई सामान्य चोट लागेको जानकारी प्राप्त भएको छ भने अन्य कसैलाई चोट पटक नलागेको बताइएको छ। यस दुर्घटनालाई लिएर पुलिसको छानबीनपछि ट्रक चालक गाडी कुदाई रहेको बेला निन्द्रामा परेर गाडी सडकदेखि तल झरेको जानकारी प्राप्त भएको छ। यस विषयमा सोनादा ट्राफिक ओसीले जानकारी गराए अनुसार यस ट्रक दुर्घटनाग्रस्त बनेको स्थानमा सोनादा सोनादा पुलिस आउट पोष्टको ओसी, रात्री भ्यान र फोर्स पर्सनल पुगेको साथै दार्जिलिङको अग्नि शमन केन्द्रको कर्मचारीहरु उपस्थित रहेका थिए।










