सोनादामा भिजन स्प्रिङको आयोजनामा आँखा जाँच शिविर

IMG-20240306-WA0193.jpg

सोनादा: भिजन स्प्रिङको आयोजनामा आँखा जाँच शिविर र चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त आँखा जाँच शिविर सामड्रिप दोर्जे छोईलिङ गुम्बामा सोनादामा सम्पन्न भएको छ। उक्त शिविरमा केन्द्रीय विद्यालय तिब्बती स्कूलका १२० भन्दा बढी विद्यार्थीहरू र बौध्द भिक्षुहरूले भाग लिएर आँखा जाँच गराएका थिए। उक्त आँखा जाँच शिविरमा भिजन स्प्रिङको विदेशी सदस्यहरू पनि उपस्थित रहेका थिए। उक्त शिविरमा भिजन स्प्रिङका संस्थापक जोर्डन, सीईओ इला, एमडी अन्सु तनेजा, दाताहरू र बोर्ड सदस्यहरूले क्लियर भिजन चिया बगैंचा कार्यक्रमको एक भागको रूपमा मकैबारी टीईमा चिया पिकरहरू र चिया बगानका कामदारहरूको लागि लक्ष्मी समूहको सहकार्यमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो। अहिले सोनादा गुम्बामा शिविर सञ्चालन गरिएको थियो जहाँ शिष्य र युवा लामाहरू र तिब्बती विद्यालयका विद्यालयका विद्यार्थीहरूको स्क्रीनिंग गरिएको थियो।
यसपछि भिजन स्प्रिङले विभिन्न सरोकारवाला, साझेदार र सरकारी प्रतिनिधिसँग ७ मार्चमा ताजमा सम्मेलन आयोजना गरेको छ।

About Author

Advertisement