बग्दै गरेको नीवमा उल्टा मसी पस्यो भने लेख्नु बन्द हुन्छ: अनित थापा

IMG-20240306-WA0196.jpg

दार्जीलिङ: तकलिङ पेशोक समष्टिमा आयोजित एक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, “तपाईको एउटा भोटले हामी जीटीएमा आयौँ, पञ्चायत फर्काई ल्यायौ, तपाईहरूको एउटा भोटले पञ्चायत चुनाव पनि जित्यौं , स्कूल सर्विस कमिसन ल्यायौं, तपाईहरूको एउटा भोटले गाउँ घरहरु सजाउँदै हिँड्दैछौ। यसपालीको भोट त्यो भन्दा पनि ठूलो भोट हो। त्यसबेला तपाईहरुले ठीक मसी हालिदिनु भएको थियो अनि हाम्रो कलमको नीब पनि त्यस्तै प्रकारले चल्यो। यसपाली तपाईहरुले कस्तो मसी हालिदिनु हुन्छ त्यो तपाईहरूमाथि निर्भर गर्छ। तपाईहरूले हाली दिनु भएको मसीले हाम्रो कलमको निव चल्नु सक्छ कि सक्दैन त्यो तपाईहरू माथि निर्भर गर्छ। तर मसी उल्टा हालेर, हाम्रो निब चलेन भने पच्छताउनु हुँदैन नी फेरि!
हामी जीत र हारको निम्ति आएका होइनौं। तर बग्दै गरेको नीवमा उल्टा मसी पस्यो भने लेख्नु बन्द हुन्छ। हामी माथि पनि सरकार छ। सत्य कुरा यही हो कि जीटीए पश्चिम बङ्गाल अन्तर्गत कै व्यवस्था हो। बङ्गालले नै हाम्रो निम्ति केही गर्नेछ। नेताले सत्य कुरा जनतालाई भन्नु डराउनु हुँदैन।”
उनले आगामी चुनाव विषय बोल्दै भने, “भोट उपलब्धि माथि हुनुपर्छ, गोर्खाल्याण्डको गीत माथि होइन। अब चुनावमा फेरि गोर्खाल्याण्डको गीत बज्नेछ। यो दिन्छु त्यो दिन्छु, भन्नेहरु थुप्रै आउनेछन्। तर नेताले बिगुल फुक्यो भन्दैमा नेताको पछि दुगुर्नु हुँदैन।”
आफ्नो काम सिस्टम स्थापित गर्नु हो भन्दै थापाले भने, “विचार र परिवेश परिवर्तन गर्नु नै २०१७ देखि हामी राजनीति गर्दैछौ। हिजो तपाईं अनि हाम्रो नेताहरुको भूल ले गुमाएको कुराहरू फर्काउने काम गर्दैछौ। हामीले बिस्तारै सिस्टम स्थापित गर्दै जानु पर्छ।”
उपस्थित पञ्चायत सदस्यहरुलाई सम्बोधनमा राख्दै थापाले भने, ” चुनाव जित्नु अनि हार्नुमा पञ्चायत सदस्यहरूको ठूलो हात छ। भोट विचार, व्यवहार अनि सोचले पाइन्छ बाटो, पानीले होइन। कुर्सीको भूत आफ्नो टाउको देखि हटाउनु होस्। कुर्सी कहिले स्थायी हुँदैन। कुर्सीले एक दिन छोड्छ नै छोड्छ।”
कलममा ठीक मसी हाल्यो भने राम्रो कुराहरू हुँदै जान्छकाे उपलब्धि बताउँदै उनले भने, ” आशा अनि आँगनवाडी कर्मचारी को पदोन्नति विषय पनि सरकारले हाम्रो कुरा मानेको छ। आज पनि माननीय मुख्यमन्त्रीले उनीहरूको बेतनमा अलिकति भए पनि पैसा बढायो।आशा अनि आँगनबाडीका दिदी बहिनीलाई पनि बधाई।
मैले पट्टाको विषय सरकार सँग कुराकानी सुरु गरे। सरकारले पनि मेरो कुरा सुन्यो अहिले मानिसको जति जमीन छ त्यही जमीनको सर्भे हुँदैछ। भूमि अनि भूमि सुधारको रेकर्डमा जमीनको विवरण पस्नेछ। त्यसपछि सरकारले पट्टा प्रदान गर्नेछ।”
आजको कार्यक्रममा अमर लामा, गोपाल लामा, सभासदगण, पञ्चायत सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।
आज गरिएको शिलान्यासको योजनाहरूमा पथश्री योजना अन्तर्गत २७.७४ किमीको नौ वटा बाटो २३ करोडको लागतमा निर्माण हुनेछ।

About Author

Advertisement