सोनादामा गोजमुमोको सांगठनिक सभा सम्पन्न

IMG-20260626-WA0115

गोजमुमो र नारी मोर्चाको कमिटी गठन

सोनादा: गोर्खा जनमुक्ति मोर्चा पार्टीको एक सभा सोनादा पार्टी कार्यालयमा सम्पन्न भयो। यस सभाको अध्यक्षता संयोजक शङ्कर तामाङ्गद्वारा गरिएको थियो। सभामा केन्द्रिया समिति सदस्य कुमार तामाङ साथै महकुमा समितिका नारी‌ पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। सभाका विषय गोजमुमो पार्टीको निर्देशनलाई पालन गर्दै संगठनको कार्यहरु सुचारु रुपले सञ्चालन गर्न अनि जातिको मुद्दाप्रति दृढ भावना लिएर काम गर्ने हेतुले एक मजबुत र सशक्त समितिको खाँचो भएकोले सभाको आयोजना गरिएको छ। सोनादा पचेङ समितिलाई लिएर दुईवटा समिति गोजमुमो अनि नारी मोर्चा समितिको गठन भएको छ। सभामा सर्वसम्मतिको आधार मान्दै सबैको विचारलाई ध्यानमा राख्दै समर्पित समितिमा पदाधिकारीहरुको चयन गरियो। यस पदाधिकारी तथा कमिटीमा सभापति शंकर तामाङ, उप सभापति प्रणाम राई, मूल सचिव लाक्पा तामाङ, सह सचिव श्यामवीर राई,बकार्यालय सचिव राजु सुब्बा, कोषाध्यक्ष ईन्द्रबहादुर गुरुङ, प्रमुख सल्लाहाकारहरुमा टिकाराम राई, गम्भीरमान तामाङ, महीन तामाङ, श्याम सुब्बा आदि चयन भएका छन्। त्यसरी नै सांगठिनक सचिवमा भाइजुङ तामाङ, सह सचिव मधुकर गुरुङ, प्रचार-प्रसार सचिव रमेश राई लगायत कार्यकारी सदस्यहरु चयन भएका छन्। त्यसरी नै नारी मोर्चाको समितिमा‌ रहेका पदाधिकारीहरुमा सभापति रेबिका राणा, उप सभापति शसी प्रधान, सचिव बिनीता गुरुङ, सह सचिव लक्ष्मी गुरुङ, कोषाध्यक्षा अरुणा तामाङ, प्रचार प्रसार सचिव आरती गुरुङ, प्रमुख सल्लाहकारमा इन्द्रबती राई, प्रमिला शंकर, सुमित्रा तामाङ, आशा तामाङ, मनु तामाङ, सविता छेत्री लगायत ६ जना कार्यकारी सदस्याहरु चयन भएका छन्।

About Author

Advertisement