सोनादा: सोनादा पुलिस आउट पोष्ट अनि सोनादा ट्राफिक पुलिसको संयुक्त आयोजनामा सोनादा रेलवे स्टेशनमा विश्व योग दिवस पालन गरियो। सोनादा होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयका शिक्षिका एंव योग प्रशिक्षिका बसन्ती तामाङले योगको उपयोगिताबारे जानकारी दिदै विभिन्न प्रकारका योगको प्रशिक्षण गराएका थिए। यस योग शिविरमा दार्जिलिङ सदर सीआई पार्थो सारथी, सोनादा ट्राफिक पुलिस ओसी सबीन दर्नाल, सोनादा पुलिस आउट पोष्टको ओसी विवेक छेत्री, पुलिस कर्मचारीहरु, सोनादा रनर्स ग्रुप, सिभिक भोलेन्टियर्स लगायत अन्यहरु उपस्थित रहेका थिए। यस अवसरमा दार्जिलिङ सदर पुलिस थानाको सीआई पारथो सारथीले योगको महत्तवबारे प्रकाश पारेका थिए।









