महानदी ग्राम पञ्चायतको बोर्ड पनि फुत्कियो भागोप्रमोबाट

IMG-20260621-WA0092

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको महानदी ग्राम पञ्चायतको बोर्ड पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट फुत्कियो। महानदी ग्राम पञ्चायतको चारजना पञ्चायत सदस्य सदस्याहरु भारतीय जनता पार्टीमा सामेल भएको‌ जानकारी प्राप्त भएको छ। भाजपामा सामेल हुनेहरुमा महानदी ग्राम पञ्चायतकी उप प्रधान सोनिका तामाङ, पञ्चायत सदस्य राजीव तामाङ र सदस्याहरु रञ्जना छेत्री र जुना छेत्री रहेका छन्। सबैलाई भाजपा‌ दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद, तीनधारे महानदी मण्डलको संयोजक योगेन्द्र छेत्री र घुम्ती चियाबारी बुथ कमिटीको सभापति शेखर छेत्री आदिको बाहुलीबाट भाजपाको झण्डा ग्रहण गरेका छन्। उल्लेखनीय छ महानदी ग्राम पञ्चायतमा जम्मा ७ जना सदस्यहरू छन् जसमा ४ जना भारतीय जनता पार्टीमा सामेल भएपछि अब महानदी ग्राम पञ्चायत पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको हातबाट फुत्केको छ। अब महानदी ग्राम पञ्चायतमा भारतीय जनता पार्टीको पञ्चायत बोर्ड गठन हुने निश्चित देखिएको छ।‌ केही समयमा महानदी ग्राम पञ्चायतमा भारतीय जनता पार्टीले आफ्नो पञ्चायत बोर्ड गठन गर्न सम्भावना छ।

About Author

Advertisement