पहाडको क्षेत्रीयता, पहाडको अधिकार र पहाडको अस्तित्व बचाउने पार्टी भनेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नै हो: अनित थापा
खरसाङ: सोनादा पचेङ समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पार्टी कार्यकर्ताहरूसँग पार्टी अध्यक्ष अनित थापाले भेटघाट गरी समसामयिक विषय, पार्टीको आगामी दिशा र हाम्रो जाति माटोको भविष्यबारे महत्वपूर्ण छलफल गरेको जानकारी प्राप्त भएको छ। भेटघाटका क्रममा उनले स्पष्ट रूपमा आफ्नो धारणा राखेको पहाडको क्षेत्रीयता, पहाडको अधिकार र पहाडको अस्तित्व बचाउने पार्टी भनेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नै हो भनी बताएका छन्।
उनले पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, ‘अब समय आएको छ, जाति र माटोको निम्ति अन्तिम लडाइँ हामी सबै एक भएर लड्ने। व्यक्तिगत स्वार्थभन्दामाथि उठेर हाम्रो जातिको भविष्य, हाम्रो पहिचान र हाम्रो माटोको अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ।कार्यकर्ताहरू नै पार्टीको वास्तविक शक्ति हुन्। त्यसैले अब म प्रत्येक समष्टिमा पुग्नेछु, कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्नेछु र पार्टीप्रति नयाँ जोश, ऊर्जा र उत्साह भर्ने अभियानलाई अझ तीव्र बनाउनेछु। एकता हाम्रो शक्ति हो। जाति हाम्रो पहिचान हो। माटो हाम्रो अधिकार हो।’

अनित थापाले अघि भने, ‘ हामी अब रोकिँदैनौँ, झुक्दैनौँ,
जाति र माटोको पक्षमा एक भएर अघि बढौँ।’









