सेरि एः युभेण्टस विजयी, रोमाको हार

CollageMaker_2023313122137518.jpg

१३ मार्चः इटालियन सेरि ए फूटबलमा युभेण्टसले रोमाञ्चक जीत हासिल गऱ्यो। यसबीच दशजना खेलाड़ीमा सीमित रोमा चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। आइतवार राति खेलिएको म्याचमा युभेण्टसले सेम्पडोरियालाई ४-२-ले पराजित गऱ्यो। आलियाञ्ज स्टेडियममा मध्यान्तरसम्म त स्कोर २-२-को बराबरीमा रहेको थियो तर दोस्रो हाफमा असाधारण प्रदर्शन गर्दै ५६ प्रतिशत पोजेशनको साथ खेल्ने युभेण्टसले जीत हासिल गऱ्यो। विजेता टीमबाट एड्रिएन रेबिओटले २६औं र ६४औं मिनटमा २ गोल गरे। यसबाहेक ग्लेसन ब्रेमेरले ११औं र मातिआस सोलले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। सेम्पडोरियाबाट टोम्मासो अगेलोले ३१औं र फिलिप डुरिसिचले ३२औं मिनटमा गोल गरे। यस जीतपछि युभेण्टस २६ वटा म्याचमा ३८ पोइण्टको साथ सेरि ए टेबलको सातौं स्थानमा पुग्यो। यसबीच रोमाले चाहिँ सासुओलो विरुद्ध ३-४-ले हारको सामना गर्नु पऱ्यो। मध्यान्तरको ठीक अघि माराश कुमबुलाले रेड कार्ड देखेपछि रोमा दशजना खेलाड़ीमा सीमित हुँदा सासुओलोले यादगार जीत हासिल गऱ्यो। यस हारपछि रोमा २६ वटा म्याचमा ४७ पोइण्टको साथ पाँचौं स्थानमा रहन पुग्यो। यसरी १३औं स्थानमा रहने सासुओलोसँग ३३ पोइण्ट रहेको छ।

About Author

Advertisement