ला लीगाः शीर्ष स्थानमा ९ पोइण्टको बढ़त हासिल गऱ्यो बार्सिलोनाले

CollageMaker_2023313122420144.jpg

१३ मार्चः स्पेनिश ला लीगा फूटबलमा शीर्ष स्थानमा रहने बार्सिलोनाले ९ पोइण्टको बढ़त हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले एथलेटिक क्लबलाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट एकमात्र गोल राफिन्हाले मध्यान्तर अघि स्टपेज टाइमको पहिलो मिनटमा छिराए। यस जीतको साथै बार्सिलोना २५ वटा म्याचमा ६५ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नै नवौं स्थानमा रहने एथलेटिक क्लबसँग ३३ पोइण्ट रहेको छ। दोस्रो स्थानमा रहने गत सीजनको च्याम्पियन रियल म्याड्रिडसँग अहिले ५६ पोइण्ट रहेको छ। यसरी नै सेविलेले अल्मेरिआ विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट लुकास ओकाम्पोस र एरिक लामेलाले गोल गरे। रियल सोसिएदाद र मालोर्काबीचको म्याच अनि भिल्लारियल र रियल बेटिसबीचको म्याच १-१-को समान अन्तरले ड्र रह्यो। रियल बेटिस (४२) र भिल्लारियल (३८) क्रमशः पाँचौं र छैटौं स्थानमा रहेको छ।

About Author

Advertisement