सेण्ट रोबर्ट्स स्कूल राज्य स्तरीय सुब्रतो कप फूटबल प्रतियोगिताको निम्ति छनौट

IMG-20230727-WA0325.jpg

२७ जुलाईः दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै  सुब्रतो कप फूटबल क्लस्टर लेभल प्रतियोगितामा सहभागि बन्न गएको सेण्ट रोबर्ट्स स्कूलका अण्डर-१७ टीमले मालदा अनि कालेबुङ जिल्लाका स्कूलहरूलाई परास्त गरेर फाइनलमा जग्गा बनाउन सक्षम बनेका थियो। आज जलपाइगढ़ी स्थित साइ कम्प्लेक्स  स्टेडियममा खेलिएको फाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि भाग्यले साथ नदिदा उत्तर दिनाजपुरबाट एक गोल खाएर दार्जीलिङको सेण्ट रोबर्ट्स स्कूलले उपविजेताको खिताब हासिल गऱ्यो।
सेमिफाइनलमा कालेबुङ जिल्लाका युद्धवीर हायर सेकेण्डरी  स्कूलसित निर्धारित समय १-१ गोलको बराबरीमा समाप्त भएपछि पेनल्टी शूटआउटद्वारा खेलको निर्णय गरियो, जसमा दार्जीलिङको स्कूलले ७-६-ले विजयी भएको थियो।
क्लस्टर लेभलमा दोस्रो स्थान ओगट्न सफल भएपछि सेण्ट रोबर्ट्स स्कूलको अण्डर १७ टीमले अब राज्य स्तरीय ६२औं सुब्रतो मुखर्जी फुटबल प्रतियोगितामा सहभागि बन्न आगामी ३० जुलाईको दिन कलकत्ता प्रस्थान गर्नेछ, जहाँ राज्यका आठवटा जिल्लाहरूबीच सल्ट लेक स्टेडियममा भिड़न्त हुनेछ। यसबीच सेण्ट रोबर्ट्स स्कूलकै अण्डर-१४ टीमको सुब्रतो कप फूटबल प्रतियोगिताको यात्रा सेमिफाइनल आएर समाप्त भयो। टीमले दक्षिण दिनाजपुरबाट ३-० को गोल अन्तरले  हारको सामना गर्नु पऱ्यो।

About Author

Advertisement