सेण्ट जोसेफ्स कलेज र युनाइटेड रंगबुल एफसी फाइनलमा

३१ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा बुधवार एउटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पूल एच-को म्याचमा एडमाइओरा इलेभेनले डिस्ट्रिक्ट दार्जीलिङ हस्पिटल स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आर गुरुङले २ अनि प्रज्वल गुरुङले १ गोल गरे। यसरी नै डीडी हस्पिटल स्पोर्टिंग क्लबबाट निश्चल राईले २ गोल गरे। यसको साथमा बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टमा आज ग्रुप चरणको अन्तिम म्याच खेलियो। पूल ए-को यस म्याचमा सेण्ट जोसेफ्स कलेजले सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूललाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुरेश उरावँ, शेखर राई र एस राईले १-१ गोल गरे। अब १५ सेप्टेम्बरको दिन खेलिने बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टको फाइनलमा सेण्ट जोसेफ्स कलेज र युनाइटेड रंगबुल एफसी-बीच भिड़न्त हुनेछ।

About Author

Advertisement