शिक्षक नियुक्ति विषयमा पहाड़मा पनि ईडी र सीबीआईले कार्वाही गरे कसैलाई पनि नबचाई दिने अजय एडवर्डले मुख्यमन्त्री समक्ष गरे निवेदन

दार्जीलिङ: दार्जीलिङ पार्वत्य क्षेत्रमा भएको अवैध शिक्षक नियुक्तिको घटनाले पहाड तातिन्दै जान्दैछ। हिज ० अगस्तको दिन मात्र न्यायलयको निर्देश अनुरूप प्रवर्तन निदेशालयले (ईडी)ले प्राइमेरी स्कूलहरूमा २०११ देखिको शिक्षक नियुक्तिको सूची विभागीय अधिकारीलाई मांगेका छन् भने अर्कोतिर गोर्खा प्राइमेरी बेरोजगार संगठनले अघिबाटै उच्च न्यायलयमा याचिका दर्ता गरि सकेका छन् अनि सुनावाईको क्रम पनि चलिरहेको छ। न्यायलयले पहाडको स्कूलहरूमा भएको अवैद्य शिक्षक नियुक्तिको जाँच ईडी र सीबीआईको हातमा सुम्पिने छन् भन्ने आशा साचेका छन्। दार्जीलिङ पार्वत्य क्षेत्रको स्कूलहरूमा भएको अवैद्य शिक्षक नियुक्तिमाथि हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्डले मुख खोलेका छन्। अध्यक्ष एडवर्डले भने, चोर दैलोबाट नियुक्ति पाउने,नोटको भरमा नियुक्ति पाउने, भाइ भतिजावादमा नियुक्ति पाउने अनि नियुक्ति गराउनेहरू सबैमाथि कानूनी कार्यवाही हुनु पर्छ तिनले भने। पार्टी अध्यक्ष एडवर्डले अझ भने, नियुक्ति पाएका सबै त्यस्ता छैन् होला,जसले आफ्नो योग्यताको आधारमा अनि नियम अनुरूप शिक्षक नियुक्ति पाएका छन्। उनीहरू डराउनु पर्दैन, उनीहरूको पक्षमा हाम्रो पार्टी खडा हुनेछ तर भष्ट्रचारी,घुसखोरी,रूपियाँ पैसाको बलमा नियुक्ति पाएका छन् अनि भाइभतिजावादको आडमा नियुक्ति पाएका छन,उनीहरू विरूद्व कानूनी कार्यवाही हुनैपर्छ।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले राज्यको पूर्व शिक्षा मन्त्री एंव तृणमूल कंग्रेसको शीर्ष नेता पार्थ च्याटर्जी विरूद्व कानूनी कार्यवाही हुँदा राज्यकी मुख्यमन्त्री एंव तृणमूल नेत्री ममता ब्यानर्जीले आरोपी पार्थ च्याटर्जीलाई मंत्री मण्डलबाट साथै पार्टीबाट पनि निष्काशित गर्ने काम गरेका थिए भन्दै यदि पहाडमा ईडी र सीबीआईले शिक्षक नियुक्ति काण्डमा कानूनी कार्य शुरू गरेको खण्डमा उनीहरूलाई बचाउने काम नगरी दिने मुख्यमन्त्री समक्ष अनुरोध गरेका छ। अध्यक्ष एडवर्डले स्पष्ट शब्दमा भने, ‘अवैद्य शिक्षक नियुक्तिको कार्यवाहीमा तृणमूल पार्टीको कार्यकर्ताहरू किन नहोस अनि राज्य सरकारको उठ बसमा चल्ने दलका नेतृत्वहरू नै किन नहोस प्लिज मेडम उनीहरूलाई बचाउने काम नगरी दिनुहोस।’

About Author

Advertisement