सूर्यवंशीको रेकर्ड अर्द्धशतकले भारत ए त्रिदेशीय सीरीजमा च्याम्पियन

IMG-20260621-WA0109

दाम्बुला: भारत ए-ले त्रिदेशीय श्रृंखलाको खिताब जित्यो। आइतवार रणगिरी दाम्बुला इण्टरनेशनल स्टेडियममा खेलिएको फाइनलमा भारत ए-ले आयोजक श्रीलंका ए-लाई ६६ रनले पराजित गऱ्यो। टस हारेर पहिला ब्याटिंग गर्दै भारत ए-ले ५० ओभरमा ९ विकेटको नोक्सानमा ३७७ रनको विशाल स्कोर बनायो। त्यसपछि श्रीलंका ए ४७.१ ओभरमा ३११ रन बनाएर अलआउट भयो। भारत ए-को तर्फबाट १५ वर्षीय युवा ओपनर वैभव सूर्यवंशीले म्याच जिताउने ईनिंग्स खेले। वैभवले केवल २९ बल खेलेर ९४ रन बनाए, जसमा १० वटा चौका र ८ वटा छक्का सामेल छ। उनले केवल ११ बलमा अर्द्धशतक बनाए, जुन लिस्ट ए क्रिकेटको इतिहासमा सबैभन्दा तेज अर्द्धशतक हो। प्लेयर अफ द म्याच रहने वैभवले प्रियांश आर्यसँग पहिलो विकेटको निम्ति ५३ बलमा १३२ रनको पार्टनरशीप गरे। भारतले पछिबाट दुवै ओपनरलाई लगातार गुमाए पनि कप्तान तिलक वर्माले अन्य ब्याटरहरूसँग मिलेर टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। तिलकले ४ वटा चौका र एउटा छक्काको साथ ६७ रन बनाए। रुतुराज गायकवाड़ले ४०, अनुकुल रोयले ३९, कुमार कुशाग्रले ३६ र विपराज निगमले २७ रनको योगदान दिए। जवाफमा श्रीलंका ए-को शुरुवात खराब रह्यो अनि ३३ रनमै दुवै ओपनर आउट भए। त्यसपछि सदीरा समराविक्रमा र वानुजा साहानले सक्दो प्रयास गरे पनि कुनै फाइदा भएन। समराविक्रमाले ४४ बलमा ५२ रन बनाए, जसमा ९ वटा चौका सामेल छ। यसरी साहानले ५ वटा चौकाको साथ ६९ बलमा ६२ रन बनाए। विजयाकान्त व्यासकान्सले ३९ र कप्तान साहान अराचिगेले ३८ रनको योगदान दिए। भारतीय बलरहरूमा यश ठाकुर र विपराज निगमले ३-३ विकेट लिए।

About Author

Advertisement