कुचबिहार: एउटा सुनको दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। यो घटना तुफानगञ्ज शहर संलग्न बलरामपुर चौपथीमा घटेको हो।जानकारी अनुसार गत अबेर राति केही दुष्कृतिहरूले तुफानगञ्ज सहर संलग्न बलरामपुर चौपथीमा रहेको सुनको दोकानको ताला भत्काएर लाखौँ रुपियाँको चोरी गरेर लगेको बताइएको छ। स्थानीय व्यवसायीहरूले आज बिहान सुन दोकानमा चोरी भएको थाहा पाएपछि दोकान मालिकलाई खबर दिएपछि दोकान मालिकले घटनाबारे पुलिसलाई खबर दिए। यसको साथै तिनले तुफानगञ्ज थानामा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि पुलिसले जाँच शुरू गरेको छ। दोकान मालिक प्रदीप बसाकले बताए अनुसार दिनहुँ झैं गत राति पनि दोकान बन्द गरेर घर गएका थिए। आज बिहानै स्थानीय व्यवसायीहरूले दोकानमा चोरी भएको खबर दिएपछि तत्कालै दोकानमा पुगेर हेर्दा दोकानभित्र सबै सर-समानहरू छरपस्ट अवस्थामा रहेको साथै दोकानबाट लकर सहित लाखौँ रुपियाँको चोरी भएको तिनले बताए।










