लामो समयदेखि अवैध आर्थिक कारोबार भइरहेको थियो
सिलगढी: सिलगढी महानगरीय प्रहरीको पानीटाङ्की चौकी र जासूस विभागले अवैध कल सेन्टरमा छापा मारेर फेरि ठूलो सफलता हासिल गरेको छ। सिलगढीको पञ्जाबी पाडा क्षेत्रमा छापा मारेर अवैध कल सेन्टर चलाएको आरोपमा ६ महिला र ३ पुरुष पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उक्त कल सेन्टरमा लामो समयदेखि अवैध आर्थिक कारोवारलगायत विभिन्न प्रकारका ठगीका घटना भइरहेका थिए।

उजुरी आएपछि प्रहरीले कारबाही गरेको थियो। यस कारबाहीमा, प्रहरीले कल सेन्टरको वास्तविक मालिकको खोजी गरिरहेको छ।










