सुनको ९ बिस्किटको साथ दुई तस्कर पक्राउ

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगालको नदिया जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले सुनका ९ बिस्किटको साथ दुई तस्करलाई पक्राउ गरेका छन्। यसको ओजन १०४९.३९ ग्राम र दर ६२ लाख ८० हजार ५९९ रूपियाँ बताइएको छ।

बीएसएफको तर्फबाट सोमवार जारी बयान अनुसार, आइतवार राति ठोस सूचनाको आधारमा सीमा चौकी महतपुर नजिक नाजीपुर बस स्ट्याण्डबाट दुई तस्करलाई हिरासतमा लिइयो। दुवैको तलाशी लिँदा सुनका ९ बिस्किट उद्धार भयो। यिनीहरूको पहिचान शाहजहां मण्डल र अशीफुर अहमद मण्डलको रूपमा गरिएको छ। यिनीहरूको सुनको खेपलाई कोलकातामा निताई नाम गरेको एक व्यक्तिलाई सुम्पिने योजना थियो। दुवैलाई कस्टम विभागको तेहट कार्यालयमा सुम्पिएको छ।

-हिस

About Author

Advertisement