कोलकाताः मालदाको पाकुआहटमा जनजातिय समुदायका जुन दुई महिलालाई निर्वस्त्र गरी कुटिएको थियो, उनीहरूलाई पुलिसले पक्राउ गरेको छ। उनीहरूलाई जानीबुझी फर्जी मामिलामा फंसाएर पक्राउ गरिएको हो ताकि मामिला धेरै नफैलोस् भनी आरोप लगाइएको छ।
थाना सूत्रहरू अनुसार, भाजपाको एक आन्दोलनमा दुवै महिला सामेल थिए र थानाको आउटपोस्टमा कथित रूपमा तोड़फोड़मा पनि सामेल रहेका छन्। यद्यपि, पुलिसको तर्फबाट यससित सम्बन्धित सीसीटीभी फुटेज वा अन्य कुनै दस्तावेज जारी गरिएको छैन। गत १९ जुलाईमा पाकुआहाट क्षेत्रमा चोरीको आरोपमा यी दुवै महिलालाई निर्वस्त्र गरी कुटेपछि पुलिसले यिनीहरूलाई पक्राउ गरेको दाबी छ। जबकि यी महिलाहरूमाथि हमला गर्नेहरू विरूद्ध कुनै कारबाही भएन। भाजपाले पहिले आरोप लगायो, पुलिसले चोरीको मामिलामा महिलाहरूलाई पक्राउ गरेको छ। यिनीहरूलाई कुट्नेहरू विरूद्ध कुनै कारबाही भएन। अब आज थाहा लागेको छ, यस चोरीको मामिलामा कुनै शिकायत दर्ता भएको छैन। तरैपनि यी महिलाहरूलाई पक्राउ गरिएको छ।
पुलिसले जुन प्राथमिकी दर्ता गरेको छ, त्यसमा लेखिएको छ, केही दिनअघि भारतीय जनता पार्टीको तर्फबाट थानाको आउटपोस्ट नजिक आन्दोलन भएको थियो। त्यहाँ तोड़फोड़ गरिएको थियो, त्यसमा यी दुवै महिला सामेल थिए। यसैले त्यही मामिलामा यिनीहरूलाई पक्राउ गरिएको छ। यद्यपि, जनजातिय समुदायका महिलाहरूलाई निर्वस्त्र गरी बर्बर तरीकाले कुटियो। उनीहरूको मब चिन्चिङको प्रयास गरिएको मामिलामा कुनै कारबाही नहुँदा जिल्ला पुलिस प्रश्नहरूको घेरामा उभिएको छ।
-हिस









