सुनको चेन खोसेर भाग्दै गरेको बदमासको गणधुलाई

IMG-20240717-WA0001

सिलगढी: सिलगढीको गान्धी मोडमा एउटी महिलाको घाँटीबाट सुनको चेन खोसेर भागेका एक अपराधीलाई सर्वसाधारणले गणधुलाई गरेका छन्। पुलिसले घटनास्थलमा पुगेर अभियुक्तलाई आफ्नो हिरासतमा लिएको थियो। प्राप्त जानकारी अनुसार आज गान्धी मोडबाट एक महिला जाँदै थिए। त्यसपछि नम्बरविहीन मोटरसाइकलमा आएर दुईजना लुटेराले महिलाको घाँटीबाट सुनको चेन खोसेर भागेका थिए। त्यसपछि महिलाले चिच्याएको सुनेर स्थानीयवासीले घटनास्थल पुगेर दुवैलाई समाते। तर, अवसर देखेर एक अपहरणकारी फरार भएका छन्। त्यही क्रममा एक अपराधीलाई जनताले निर्ममतापूर्वक कुटेका थिए। यता, घटनाको जानकारी पाएलगत्तै भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएर अस्पताल लगेको थियो।

About Author

Advertisement