१५ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ भेटरन्स क्लब र फ्रिमल भिलेज फूटबल क्लबबीच शनिवार खेलिएको म्याच ड्र २-२-ले ड्र रह्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा खेलिएको ग्रुप ई-को यस म्याचमा दार्जीलिङ भेटरन्स क्लबबाट नबिन योञ्जन र अर्जुन राईले गोल गरे। यसरी फ्रिमल भिलेज एफसी-बाट जोर्डन तामाङले गोल गरे। एक गोल आत्मघाती रह्यो।

यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।










