डकैती गर्ने चारजना पक्राउ

ac6e64cc-5fa4-4e08-9b40-5d3bef83dd3b


सिलगढी: भक्तिनगर थानाको पुलिसले लुटपाटको योजना बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार बैकन्थपुर वन क्षेत्र कार्यालय नजिकैको पूर्वी बाइपास क्षेत्रबाट डकैतीको षड्यन्त्र गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई जलपाइगढी अदालतमा पेश गरिएको छ। शनिबार राति भक्तिनगर पुलिसले गोप्य सूचनाको आधारमा बैकन्थपुर वन इलाका कार्यालय नजिकै पूर्वी बाइपास क्षेत्रमा लुटपाटको उद्देश्यले भेला भएका चार जनालाई पक्राउ गरेको हो। उनीहरूको नाम मोहम्मद अशरफ, निताई राजवंशी, सुब्रत सरकार र आलोक रोय हुन्। चारै जनालाई शनिबार दिउँसो जलपाइगढी अदालतमा लगिएको थियो।

About Author

Advertisement