सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः निहाल तामाङको ह्याट्रिकले सोनादा युनाइटेड एफसी विजयी

photocollage_202362816338317.jpg

२८ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा सोनादा युनाइटेड फूटबल क्लबले जीतको साथ अभियान शुरु गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बुधवार खेलिएको दिनको पहिलो म्याचमा सोनादा युनाइटेड एफसी-ले क्विक रेस्पोन्स टीमलाई ३-०-ले पराजित गऱ्यो। ग्रुप सी-को यस म्याचमा विजेता टीमबाट तीनैवटा गोल निहाल तामाङले गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए। यसरी जीवन छेत्री र उज्ज्वल राईले सहयोगीको भूमिका निर्वाह गरेका थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement