सीएपीद्वारा सिक्किमकी युवतीलाई न्याय दिलाउनु पर्ने माग

CollageMaker_202322622510188.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) को महिला परिषदले हालैमा गुरुग्राममा नाम्ची जिल्लाकी एक २३ वर्षीय युवतीको शांकास्पद मृत्युको घटनाप्रति चिन्ता प्रकट गरेको छ। सीएपीले यस घटनाको निन्दा गर्दै सरकार समक्ष चाँडोभन्दा चाँडो न्याय सुनिश्चित गर्नुपर्ने माग गरेको छ। अध्यक्षा बित्रा आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सीएपीले सेक्टर-१४ गुरुग्राम पुलिस चौकी गएर घटनाको बारेमा जानकारी लिएको बताइएको छ। घटना १९ फरवरी मध्य राति घटेको र युवतीलाई अस्पताल पुऱ्याएपछि मृत घोषित गरिएको थाहा लागेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस घटनाको सम्बन्धमा पुलिसले तीन जना संदिग्धलाई पक्राउ गरेको छ।
सीएपीले सिक्किमबाट रोजगार अथवा शिक्षाको निम्ति बाहिर गएका नागरिकहरूले जोखिमपूर्ण जीवन बिताउनु परिरहेको जनाएको छ। बारम्बार यस्ता घटना घटिरहेको भए तापनि राज्य सरकार अलिकति पनि नझस्किनु महिलाहरूका लागि दुर्भाग्यपूर्ण रहेको सीएपीले बताएको छ। सीएपीले नागरिकहरूको सुरक्षाको जिम्मेवारी राज्य सरकारको रहेको, तर सरकार पक्षमा यसमा चुकेको आरोप लगाएको छ।

About Author

Advertisement