कोलकाता: रहस्यमयी परस्थितिमा एक पुलिसकर्मीको पाँसोमा झुण्डेको मृतदेह आवासको छप्परबाट उद्धार गरियो ।सो पुलिसकर्मीको नाम विजय मण्डल बताइएको छ। घटना पूर्व कोलकाताको पंचसायर थाना क्षेत्रको नयाबाद क्षेत्रको हो। आइतवार बिहान लगभग ५ बजी छिमेकीहरूले पुलिसकर्मीलाई नयाबाद स्थित आफ्नो आवासको छप्परमा झुण्डेको पाए। यसको सूचना पंचसयार थाना पुलिसलाई दिइयो। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर शव उद्धार गयो। पुलिसले यो आत्महत्या हो या फेरि पुलिसकर्मीको मृत्युको अन्य कुनै कारण छ, यसको पत्तो लगाउने प्रयास गरिरहेछ।









