सिलगढी नगरनिगमले भत्काइदियो अवैध निर्माण

IMG-20230609-WA0406.jpg

सिलगढी: सिलगढी शक्तिगढ इलाकाको एउटा आवासको अवैध निर्माण नगरनिगमले भत्काइदिएको छ। धेरै दिन अघिदेखि यस आवासमा अवैध निर्माण गरिएको थियो। सिलगढी नगरनिगममा प्लान पास नगरिकन यो निर्माण गरिएको थियो। केही दिन अघि विमान राय नाम गरेका एकजना व्यक्तिले यसबारे मेयर के बलो कार्यक्रममा अभियोग गरेका थिए। यसपछि नगरनिगमको तर्फबाट यसबारे जाँच गरियो। आज सिलगढी नगरनिगमका इञ्जिनियरहरूको उपस्थितिमा यस अवैध निर्माण भत्काइदिएको छ।यस आवासको ग्यारेजमा रहेको अवैध निर्माण र पहिलो तल्लाको फ्ल्याटमा रहेको अवैध निर्माणको केही भाग भत्काइदिएको छ।

About Author

Advertisement