वन जन श्रमजिवी मञ्चको अलिपुरद्वारमा विराट रेली साथै ज्ञापन

ali.jpg

अलिपुरद्वार: पञ्चायत चुनाउको ठीक अघि वनवासीहरूले वन अधिकार कानुनलाई सही ढङ्गमा लागू गरिनु पर्ने माग पुनः शुरू गरेको छ। उत्तरबंग वन जन श्रमजिवी मञ्चको तर्फबाट आज शुक्रवार अलिपुरद्वारका जिल्ला शासकलाई भेटेर यसबारे एउटा ज्ञापन चढाएको छ। यसभन्दा अघि वन वासीहरूले अलिपुरद्वारको प्रशासनिक भवन डुवर्स कन्यासम्म एउटा विराट रेली निकालेर विरोध प्रदर्शन गरे। यस अवसरमा वन जन श्रमजिवी मञ्चका संयोजक लाल सिंह भुजेलले भने, वन वासीहरूका लागि २००६ मा नै वन अधिकार अधिनियम पारित गरिएको थियो तर हालसम्म वन अधिकार अधिनियमलाई ठीकसँग सरकारले लागू गरेको छैन। जनाश्रम जावा मञ्चको वन अधिकारको अधिनियमलाई कार्यान्वित गरिनु पर्ने विषयमा विभिन्न विभागका शीर्ष पदाधिकारीहरूलाई ज्ञापन सुम्पिएका छौ।

यसवाहेक, हाल वन विभागमा वन सहायकहरूको नियुक्ति गरिँदैछ, जसमा यहाँका वन वासीहरूलाई नियुक्तिमा प्राथमिकता दिनु पर्ने लगायत अन्य विभिन्न मांगलाई लिएर नवन श्रमजिवीहरूले आन्दोलन गर्दै आइरहेको छ। यसैगरी, वन बस्तीका मानिसहरूले बताए अनुसार वन अधिकार अधिनियम अनुसार ग्राम सभालाई प्राथमिकता दिनु पर्ने हो तर जुन राजनीतिक दलले यस ग्राम सभालाई मान्दैन, तिनीहरूको राजनीतिक सभामा आफुहरू जानेछैनौ। आवश्यक परेको खण्डमा आगामी भोट बहिष्कार गर्ने समेत वन बस्तीका मानिसहरूले चेताउनी दिएका छन्।

About Author

Advertisement