सिलगढी: रगतको संकट हटाउन सिलगढी महानगरीय पुलिसले लगातार रक्तदान शिविर आयोजना गरिरहेको छ। एकातिर समाजमा हुने आपराधिक क्रियाकलापलाई पुलिसले कारबाही गरिरहेको छ। अर्कोतर्फ रक्तदान शिविर आयोजना गरेर जनतालाई नयाँ जीवन दिने काम पनि गरिरहेको छ। यसैबीच, आज सिलगढी टाउन जंक्शन जीआरपीको पहलमा र सिलगढी तराई लायन्स ब्लड बैंकको सहयोगमा रक्तदान शिविरको आयोजना गरियो। यस अवसरमा हरियालीको सन्देश दिँदै जिआरपीले रक्तदातालाई साना बिरुवा पनि हस्तान्तरण गरेको थियो।










