नाबालिकासित दुष्कर्म गर्ने वृद्ध पक्राउ

df

अलीपुरद्वार: ११ वर्षको एकजना नाबालिकासित कथित रूपमा दुर्ष्कम गर्ने प्रयास गरेको आरोपमा ६५ वर्षीय एकजना वृद्धलाई पक्राउ गरेको छ। यो मामिला अलीपुरद्वार जिल्लाको कुमारग्राम थाना अन्तर्गत खोवारडांगा इलाकामा घटेको हो। आरोपीका नाम अब्दुल जलील मिया (६५) बताइएको छ।जानकारी अनुसार आरोपी वृद्धले नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। घटना पछि नाबालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी गराए। यसपछि नाबालिकाको परिवारले बिहिबार कामाख्यागुड़ी आउट पोस्ट थानामा एउटा लिखित अभियोग दर्ता गरे। यसपछि घटनाको जाँच गर्दै पुलिसले गत अबेर राति आरोपी वृद्धलाई पक्राउ गरेको छ। आज आरोपीलाई अलीपुरद्वार जिल्ला अस्पतालमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

Advertisement