सिलगढी जिल्ला अस्पतालमा रक्षा बन्धन पर्व पालन

IMG_20220811_182156.jpg

सिलगढी: आज सिलगढी जिल्ला अस्पतालमा सिलगढी स्टुडेन्ट सोसाइटीको तर्फबाट रक्षा बन्धन पर्व पालन गरियो। संगठनका सदस्यहरूले आज सिलगढी जिल्ला अस्पतालमा उपचाराधीन रोगीहरूलाई राखी बाँधिदिएर मिठाई पनि प्रदान गरे। यसको साथै अस्पतालका सफाई कर्मीहरूलाई पनि राखी बाँधिदिए। सिलगढी स्टुडेन्ट सोसाइटीका सभापति सौम्यदीप रायले रक्षा बन्धनको अवसरमा आज सिलगढी जिल्ला अस्पतालका रोगीहरूसित रक्षा बन्धन पर्व पालन गरेको बताए।

About Author

Advertisement