सिलगढी: आज प्रधान नगर थाना अन्तर्गत देवीडाङ्गास्थित ‘फर्स्ट लभ चिल्ड्रेन होम’ का नानीहरूसित सिलगढी पुलिस कमिश्नर गौरव शर्माले रक्षा बन्धन पर्व मनाए। कमिश्नर गौरव शर्माले ‘फर्स्ट लभ चिल्ड्रन होम का नानीहरूको हातमा राखी बाँधिदिनको साथै नानीहरूलाई उपहार पनि दिए। पुलिस कमिश्नर एवम् तिनको टोलीलाई देखेर होमका नानीहरू निक्कै खुसी भए ती नानीहरूले देश भक्ति गीत तथा नृत्य प्रस्तुत गरे भने तिनीहरूको कला देखेर कमिश्नर गौरव शर्मा प्रभावित भए। तिनले आगामी १५ अगस्तको दिन होमका नानीहरूलाई कमिश्नरेटमा आयोजना गरिने १५ अगस्तको कार्यक्रममा आमन्त्रित गरेका छन्। यस अवसरमा डीसीपी कुंवर भूषण सिंह, डीडी एसीपी राजेन छेत्री पनि उपस्थित थिए।









