सिलगढी। एनएफ रेलवेका धेरै अधिकारीहरूको उपस्थितिमा सिलगढी जंक्शनको डिजेल लोको शेडमा रंगारंग समारोहबीच इलेक्ट्रिक लोको प्यासेन्जर इन्जिनले आफ्नो यात्रा शुरु गरेका छन्। कटिहारका डीआरएम सुरेन्द्र कुमारले आधिकारिक रूपमा उत्तरपूर्वी सीमा रेलवेको पहिलो इलेक्ट्रिक लोको प्यासेन्जर इन्जिनको यात्रा शुरु गराएको थियो। डीआरएम लगायत धेरै रेल अधिकारीहरूले यो लोको प्यासेन्जर इन्जिनको आधिकारिक यात्रालाई झण्डा देखाएर प्रस्थान गराएको थियो। उक्त अवसरमा पूजापाठ गरी केक काटिएको थियो। कार्यक्रमको अन्त्यमा कटिहार डिभिजनका डीआरएम सुरेन्द्र कुमारले उत्तरपूर्वी भारतीय रेलवेको यस यात्रु इन्जिनसँग नयाँ वर्ष मनाएका थिए। यसलाई प्रयोगात्मक आधारमा ८ वटा रुटमा राउण्ड राउण्ड सञ्चालन गरिने बताउँदै यो इन्जिन बनाउन करिब ११ करोड ५० लाख रुपैयाँ खर्च भएको डीआरएम सुरेन्द्र कुमारले जनाएका छन्।










