गान्तोक: आईआरबी जवान बिजय राईलाई आज दिल्लीस्थित बीएलके म्याक्स सुपर स्पिशियालिटी अस्पतालमा भर्ना गरियो। त्यहाँ उनको उपचार शुरु भइसकेको जानकारी प्राप्त भएको छ। हिजोमात्र उनको स्वास्थ्यबारे जानकारी प्राप्त भएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा उनलाई बागडुग्राबाट हवाई जहाजको माध्यमद्वारा दिल्ली पुऱ्याइएको थियो। आईआरबी जवान बिजय राई केही दिनअघि गान्तोकमा एक दुर्घटनामा परेर गम्भीररूपमा घाइते भएका थिए। उनको आन्तरिक रक्तस्रावको कारण कलेजोमा केही समस्या देखिएको थियो। यो जानकारी मुख्यमन्त्री समक्ष पुग्नसाथै मुख्यमन्त्री तत्काल संज्ञान लिँदै उनलाई उपचारको निम्ति दिल्ली पठाइएका हुन्।










