सिलगढी अस्पतालका निर्देशक दम्पतीमाथि ठगीको आरोप, अस्पतालका ३ कर्मचारी पक्राउ

IMG-20240621-WA0036.jpg

सिलगढी: सिलगढीको एक अस्पतालका निर्देशक जोडीलाई ठगीको आरोप लागेको छ। यस विषयमा भक्तिनगर पुलिस थानामा लिखित उजुरी पनि परेको छ। यो घटनापछि शहरमा सनसनी मच्चिएको छ। निर्देशक जोडीको नाम मोनिका अग्रवाल र नवीन अग्रवाल हो। दुवै फरार रहेको बताइएको छ। यसैबीच यस घटनामा अस्पतालका ३ कर्मचारी पक्राउ परेका छन्। जानकारी अनुसार गत जुन १२ इस्कॉन मन्दिर क्षेत्रमा रहेको अस्पतालका निर्देशक अभिषेक दासले आफ्नै अस्पतालका अर्का निर्देशकलाई ठगी गरेको आरोप लगाउँदै भक्तिनगर पुलिस थानामा उजुरी दिएका थिए। अस्पतालमा जम्मा ६ जना निर्देशक रहेको अभिषेक दास बताउँछन्। जसमा नवीन अग्रवाल र मोनिका अग्रवाल पनि पर्छन्। अस्पतालको सम्पूर्ण जिम्मेवारी मुख्यतः यी दुईको थियो। यसैको फाइदा उठाउँदै निर्देशक दम्पतीले अस्पतालका बिरामीको बिल किर्ते गरेको आरोप छ। यही उजुरीको आधारमा भक्तिनगर पुलिस स्टेशनले अस्पतालका तीन कर्मचारी आलोक उपाध्याय, सुवीर पाल र अमित शाहलाई ठगीमा संलग्न भएको आरोपमा हिजो पक्राउ गरी आज जलपाईगुडी अदालतमा पेश गरेको छ। प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त नवीन अग्रवाल र मोनिका अग्रवाल फरार छन्। जसको खोजी भइरहेको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement