सिलगढीमा एटीएम चोर पक्राउ, तीन ब्याट्री बरामद

Untitled-9-1024x576.jpg

सिलगढी: राति सिलगढी थाना र पानीटंकी थानाको संयुक्त गस्तीमा ठूलो सफलता हात परेको छ। एटीएमबाट ब्याट्री चोर्न खोजेको आरोपमा पुलिसले सिलगढी नगरपालिकाका मेयर गौतम देवको इलाकाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको नाम सुवीर सरकार उर्फ बोचा (५४) हो।स्रोतका अनुसार अभियुक्त सुवीरले मेयर गौतम देवको इलाकामा रहेको एटिएमको ढोका तोडेर ब्याट्री चोर्न खोजेका थिए। यसै क्रममा पानीटेकी थाना र सिलगढी पुलिस थानाका सादा लुगा लगाएका पुलिसले एटीएम भित्रबाट आवाज आएको सुनेका थिए। त्यसपछि एटीएमको ब्याट्री चोरी गर्दै गर्दा सुवीरलाई पुलिसले रंगेहात पक्राउ गरेको थियो। सो क्रममा पुलिसले आरोपीबाट जम्मा तीनवटा एटीएम ब्याट्री बरामद गरेको थियो। आज पुलिसले चोरीका आरोपीलाई सिलगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement